
कुनै बेला थियो, उनी बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका २ जोगी गाँउमा बसोबास गरिरहेका थिए । तर गाँउमा केही काम नभएपछि उनीहरु कोहलपुर नगरपालिका २ बरदहवा गाँउमा बसोबास गर्न लागे, कोहलपुर बस्दा पनि खसै लाभदाई भएन । घरमा बस्ने खाना पकाउने, बच्चाहरुलाई स्कुल छोड्न जाने, र श्रीमान स्कुले जागिरे स्कुल पढाउन जानका लागि तयार गरेर दिनभरी खाली बस्ने गर्थीन ।


समय बित्दै गएपछि उनी कोहलपुर नगरपालिका ५ मा ८ कट्ठा जमिन लिजमा लिएर पुष्प व्यवसाय शुरु गरिन । उनले सुबिदिप पुष्प उद्यान केन्द्रको नाममा ३ लाख लगानी लगाएर पेशा सञ्चालन गरिन । उनले ८ कट्ठा जमिन बर्षिक ४० हजार तिर्ने गरि १० बर्षको सम्झौता गरिन, व्यवसाय शुरु गरेको पहिलो बर्षमा नै उनी २ लाख नाफा लिन सफल भइन ।

व्यवसाय राम्रो फस्ताउदै थियो दोस्रो बर्षमा पनि, तर विश्वा भरी फैलिएको लकडाउनका कारणले गत बर्ष उनी व्यवसायबाट खसै लाभ लिन सकिनन् । त्यस्तै यो बर्षमा पनि फुल बिक्रि गर्ने समयमा लकडाउन भएपछि बारीमै फुलहरु ओइलाइरहेका छन् । बिक्रि नहुदाँ उनको २ बर्षमा ४ लाख बराबरको घाटा लागेको महाशुस भएको अनुमान गर्छिन । उनको पुष्प केन्द्रमा बेला बखत कृषि ज्ञान केन्द्र बाँके र नगरपालिकाबाट अनुगमन भैरहेको हुन्छ । उनले अहिले सम्म गाँउपालिकाबाट एकलाख र प्रदेश सरकारबाट ५० हजार अनुदान रकम पाएकी छिन् ।

केही अम्दानी गर्न सके घर चलाउन आफ्नो श्रीमानलाई सहयोग हुने सोच बनाएका थिइन । तर उनको सोच पुरा हुन सकेको छैन । यस्तै लकडाउन थपिदै गयो भने व्यवसाय नै धरपमा भएको देखिन्छ । उनी फुल बिक्रि नभएपछि पुष्प केन्द्रमा जाने मन नभएको बताईन । लकडाउनमा कार्यक्रम नहुने भएपछि यो अवस्था आएको बताइन ।

