रोपाई गर्न बाँकी रोपेका धान सुक्दै


बाँके : बाँकेमा करिब एक साता देखि पानी नपर्दा धान रोपाई रोकिएको छ । अकाशे पानीको भरमा खेती गर्ने र नहर भएपनि खेत सम्म नपुगेकोले धान रोपाई रोकिएको हो । खेतको छेउछाउमा भएकार पोखरीबाट खेतमा पानी सिचाई गर्दा प्रति घकण्टा ४ देखि ५ सय खर्च किसानहरुले व्यहोर्नु परेको छ । र एक तिर रोपाई गरेका धान पानी नपाएर सुख्न थालेका छन् ।

बाँके र बर्दिया जिल्लामा अहिले सम्मकै छिटो समयमा किसानहरुले धान रोपाई गर्न शुरु गरेका थिए । बाँकेका किसानहरुले अकाशे पानीकोल भरमा धान रोपाई गर्ने भएकोले असारका १५ देखि बाँके र बर्दियामा पानी नपर्दा किसानहरुले धान रोपाई रोकेका छन् । हल सम्म बाँकेमा ६० प्रतिशत खेतमा धान रोेपाई भइसकेको छ । तर भने अझै बाँकेका ४० प्रतिशत र बर्दियाका २० प्रतिशत खेतहरुमा पानीका कारण धान रोपाई नहुदाँ किसानहरु चिन्तामा छन् बाँकमा सिक्टा नहर र बर्दियाको बबाई नहर भएपनि खेत खेत सम्म नपुगेकोले किसानहरु महाँगो लगानी गरेर रोपाई गर्न बध्य भएका छन् । एक तिर धान रोपाई गर्न सकेका छैनन भने अर्को तिर रोपाई गरेका धानहरुपनि पानी नपाएर सुख्न थालेका किसान चेतराम सोनकारले बताउनु भयो ।

छेउछाउमा भएका पोखरी तथा नालामा भएको पानी पनि सक्किन लागेको छ । र नहर सिक्टा नहर भएपनि त्यो पुर्ण रुपमा निर्माण हुन सकेको छैन अझै । नहरको शाखा भए पनि खेतमा पानी लैजाने नाला नभएका कारणले नहरमा पानी हुँदा हुदै धान रोपाई गर्न नसकेको किसान सरस्वती कोरीले बताउनु भयो ।

मनसुन छिटै लागेकोले धान रोपाई पनि छिटो नै गर्न सोच बनाएको किसानहरुको भनाई छ । तर असार १५ लागे सँगै बाँके अधिकंश क्षेत्रहरुमा पानी नपर्दा खेत अझै चैत्र बैशाख महिना जस्तो सुख्ख देखिएका छन । समयमा धान रोपाई गर्न नसक्दा उत्पादन पनि कम हुने गरेको छ । सरकारले अर्वौ लगानी कृषिमा गरेको छ तरपनि खेत खेतमा अझ पनि पानी पुग्न नसकेको किसान उमेश कुमार धोबीले बताउनु भयो ।

एक साता देखि पानी नपर्दा बैशाख जस्तो खेतहरु सुखी सकेका छन । लगाएका धान पनि पानी नपाएर सुख्न थालेका छन् सरकारले अरबौ लगानी कृषिमा गरेपनि अझै पनि किसानहरुले अकाशे पानीको भरमा खेती गर्दा दुर्भग्य रहेको छ । पानी नपर्दा पनि कुने सरोकार वालाहरुले अझै चासो देखाएका छैनन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *