
नेकपा एमालेका प्रवक्ता प्रदिप ज्ञवालीले अदालतको निर्णय अप्रत्याशित भएकाे बताएका छन्।
सर्वाेच्च अदालतले पछिल्लोपटक थपिएका २० मन्त्रीलाई काम नगर्न/नगराउन अन्तरिम आदेश जारी गरेपछि उनले यस्तो टिप्पणी गरेका हुन्।
‘अदालतको यस्तो फैसला आउँछ भन्ने अनुमान गरेका थिएनौं। अदालतको आजको फैसलाले राष्ट्रिय राजनीतिलाई जटिलतातर्फ धकेलेको छ।’
अदालत फैसलापछि पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्नका लागि आफूहरू छलफलमा रहेकाे समेत बताए।
‘हामी अहिले छलफलमा छाैँ, पार्टीको बैठकपछि कसरी अगाडि बढ्ने भन्नेबारेमा धारणा सार्वजनिक गर्छाैं’ उनले भने।
अब वर्तमान सरकारमा प्रधानमन्त्री केपी ओलीसहित उपप्रधान तथा अर्थ मन्त्री विष्णु पाैडेल, शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ, भाैतिक पूर्वाधार मन्त्री वसन्त नेम्वाङ र कानून मन्त्री लिलानाथ श्रेष्ठ मात्रै कायम छन्।
