लागु औषध दुव्र्यसन विरुद्धको दिवसमा नाकामा सचेतिकरण अन्तरक्रिया


फाइल फोटो

बाँके : लागु औषध दुव्र्यसन विरुद्धको ३४ औं अन्तराष्ट्रिय दिवसका अवसरमा नेपालगन्जको जमूनाह नाकामा आज सचेतिकरण कार्यक्रमको आयोजना गरिएको थियो । जिल्ला प्रशासन कार्यालय बाँकेको अयोजनामा जिल्ला प्रहरी कार्यालय, लाागु औषध व्यूरोलगायतको समन्वयमा नाकामा सचेतिकरण कार्यक्रम गरिएको हो ।

बाँकेका एसपी ओम रानाका अनुसार दुई देशका सुरक्षा अधिकारीको उपस्थितिमा कार्यक्रम गरिएको छ । खुला सीमानाकाका कारण नेपालीहरु छिमेकी देश भारतको रुपैडिया पुगेर लागु औषध प्रयोग गर्ने, त्यहीबाट लिएर आउने गरेका कारण नेपाालगन्ज लागु औषध कारोवारको लागि ट्रान्जीट प्वाइन्ट नै बनेको छ।

नेपाली सुरक्षा अधिकारीहरुले सीमावर्ती भारतीय सुरक्षा अधिकारीहरुलाई लागुऔषध नियन्त्रणका लागि सहयोगको आग्रह गरेका थिए । त्यसमा भारतीय पक्षले पनि सहयोगको प्रतिबद्धता जनाएको एसपी रानाले बताउनुभयो ।

कार्यक्रममा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर बिष्ट, सशस्त्र प्रहरीका एसपी अशोक कुमार बम, एसएसबी असिस्टेन्ट कमान्डेन्ट सुकुमार देव बर्मन, रुपैडिया थानाका इन्स्पेकटर अशोक कुमार सिंह, जमुनाह बिओपी इन्चार्ज जीवलाल बुढा, वडा प्रहरी इन्चार्ज डिल्ली बहादुर खड्का, आगु औषध ब्युरो का प्रकाश के।सि लगायतको उपस्थिति रहेको थियो ।

लागु औषध नियन्त्रणका लागि एसपी रानाले लागु औषध नियन्त्रण महाअभियानको सुरुवात गर्नुभएको थियो । त्यसक्रममा धेरै लागु औषध कारोवारी तथा प्रयोगकर्ता प्रहरीको फन्दामा परेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *