मोह लाग्दो ११ कट्ठा जमिनमा तरकारी खेती


बैजानाथ : वैदेशिक रोजगारीबाट फर्किएका बाँकेका युवा कृषक तुल्सीराम थारु ११ कट्ठा जमिनमा तरकारी खेति गरेर राम्रो आम्दानी गरेका छन् । उनले तरकारीको टनेलमा प्रयोग गरिने डोरी जहिल्यै कुहिएरजान थालेपछि खेर गएका कोकाकोला,पेप्सी लगायतका प्लास्टिकका बोतलबाट डोरी बनाएर सिर्जनशिल तरीकाले टनेलमा प्रयोग पनि गरेका छन् । सरकारले वातावरण बनाइदिए कृषिमा संलग्न भएर धेरै युवाले मनग्य आम्दानी गर्न सक्ने युवा कृषक तुल्सीरामको भनाइ छ । बैजानाथ गाँउपालिका वडा नं. ४ तिलकपुरका तुल्सीराम थारु ४ बर्ष वैदेशिक रोजगारमा काम गरेर घर फर्केका हुन् । उनी अहिले ११ कट्ठा जमिनमा तरकारी खेती गरेर मनग्य आम्दानी गरिरहेका छन् । यस वर्ष २ कट्ठा जमिनमा करेला खेती गरेर करिब १८ क्विन्टल करेला बिक्रि गरिसकेकाछन् भने अझै पनि बिक्रि गर्न सकिने गरी उत्पादन भइरहेको छ, विक्रिपनि गरिरहेकाछन् । तरकारी खेतिका लागि बनाइएको टनेलमा प्रयोग गरीने डोरी एक महिनामै कुहिएर जान थालेपछि उनले कोकाकोला र पेप्सीको बोतलबाट डोरी बनाएर टनेलमा प्रयोग गरिरहेका छन् । तरकारी खेतिमा उनले विषादी प्रयोग नगरेको र अर्गानिक तरकारीउत्पादन गरीरहेको बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *