मानसिक रुपले कमजोर युवालाई सशस्त्र प्रहरीद्वारा सामुहिक कुटपिट



बाँकेको नेपालगञ्ज जमुनाहा नाकामका मानसिक रुपले कमजााेर रहेको एक युवकलाई नेपाल सशस्त्र प्रहरीद्वारा सामुहिक कुटपिट गरिएको छ । नाकामा संधै घुमफिर गर्ने युवालाई चरेस लगेको भन्दै मंगलबार सशस्त्र प्रहरीद्वारा कुटपिट गरिएको स्थानीयले जनाएका छन् । मानसिक रुपले कमजोर रहेको जमुनाहामा बस्दै आएका झलक नेपालीलाई सशस्त्र प्रहरीले गाजा, चरेस ल्याएको भन्दै कुटपिट गरेको पिडित नेपालीले बताएका छन् । सोमबार भारतको रुपैडिहा जाने क्रममा उनलाई सशस्त्र प्रहरीले नेपालगन्ज भन्सार नाकामा चेकजाँचको निहुमा कुटपिट गरेको पिडित नेपालीले जानकारी गराए । झलक नेपालीले भने, `हरियो भाङ्गको पत्ता राखेको आरोपमा मलाई कुटपिट गरि घाइते बनाइएको छ, गाँजा ल्याएको भन्दै एक जना महिला सशस्त्र प्रहरी र ४ जना पुरुष सशस्त्र प्रहरीले कुटपिट गरेको छन् । ´ कुटपिट पछि युवकको हातमा निलडाम, शरिरमा चोटपटक र टाउँकोमा ४ टाँका समेत लागेको छ । भन्सार नाकाका आसपासका होटल, पसलमा दिनभरि काम गर्ने नेपालीलाई सशस्त्र प्रहरीको टीमले कुटपिट गर्नु निन्दनिय रहेको स्थानीयको भनाइ छ । चोटपटक लागेको नेपालीलाई १०-१० रुपैयाँ उठाएर उपचार गराइएको थियो । पीडित नेपालीको बारेमा सशस्त्र प्रहरी कुनै जानकारी नरहेको सशस्त्र प्रहरी बाँकेका प्रमुख एसपी अशोक कुमार बमले बताएका हुन् । बमले घटना बारे अनुुुुुुुसन्धान भइरहेेेेेकाे उनले जानकारी गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *