अम्बिकेश्वरी सेवा सुविधा यातायात प्रालि द्वारा आफ्ना कर्मचारीहरुलाई पोसाक वितरण


अम्बिकेश्वरी यातायात प्रालिले आफ्ना कर्मचारीहरुलाई पोसाक वितरण गरेको छ । प्रालिका कर्मचारीहरुलाई छुट्टै पहिचान देखाउने उद्देश्ले टिसर्ट वितरण गरिएको हो । वितरण गरिएको पोसाक टिसर्टमा प्रालिको लोगो र नाम अंकित गरिएको छ । बसपार्कमा कर्मचारीहरुले पोसाक विन यात्रुहरु सँग कुरा गर्न गह्रो हुने तथा अवहेलना समेत गरिरहेकोले त्यसलाई मध्य नजर गर्दै प्रालिमा काम गर्ने कर्मचारीहरुलाई एक खालको पोसक वितरण गरेको प्रालि सञ्चालक गोपाल ओलीले बताउनु भयो ।

अम्बिकेश्वरी सेवा सुविधा यातायात प्रालिले प्रत्येक दिन नेपाल देखि भारतको दिल्ली, हरियाणा, पंजाब, चण्डीगढ लुधियाना भटिन्डा, जलन्धर,हिमाचल, शिमला,रामपुर पियो, गुम कोठरवाई, जम्मु काश्मीर देखि लदाख, कुल्लु मनाली, रिकाडपियो र बुकिंग अनुसार हरिद्वार, उतराखण्ड पौडगिढवाल,टेडिगढवाल र भारतको विभिन्न ठाँउहरुमा लैजाने गरेको सञ्चालक ओलीले बताउनु भयो ।


साथै नेपालको कुनैपनि ठाँउ देखि विरामी लग्नु परेमा एम्बुलेन्स र साना बुकिंग गाडीहरु उपलब्ध गराईने गराई रहेको र साथै लखनऊ, दिल्ली, चण्डीगढ कुनै पनि अस्पताल जानका लागि सम्पर्क गर्ने मानिसहरुका लागि गाडीको व्यवस्था मिलाई रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *