
कोहलपुरका राजिव थारु ब्राउन सुगर सहित नेपालगन्जमा पक्राउ परेका छन् । सीमा बर्ती बजार रुपैडिहाबाट नेपालगन्ज प्रवेश गरेका थारुलाई जमुनहा नाकामा जाँच गर्दा ब्राउनसुगर सहित फेला परेको हो । थारुले अन्डरवेयरभित्र २ ग्राम ८ सय मिलिग्राम ब्राउन सुगर बरामद भएको हो ।
जमुनहा नाकामा लागु औषध नियन्त्रण व्यूरोको टोली सधैँ रहने गर्दा छ । बिशेष सुराक र शंका लागेका व्यक्तीलाई व्यूरोको टोलीले जाँच गर्ने गर्दा छ । व्यूरोको प्रनानि प्रेम अधिकारीको टोलीले थारुलाई शंका लागेर जाँच गर्दा अन्डरवेयर भित्र ब्राउनसुगर बरामद भएको थियो ।
सिमा बर्ती बजारमा भएको नेपालगन्जमा ब्राउनसुगरको कालो बजारी हुने गर्दा छ । यहाँबाट अन्यत्र जिल्लामा ब्राउनसुगर सप्लाई हुने गरेको छ । थारुलाई थप अनुसन्धनमा राखिएको छ ।
