प्रधानसेनापति प्रभुराम शर्माले आजदेखि कार्यभार सम्हाले


काठमाडौं :  कायममुकायम प्रधानसेनापति प्रभुराम शर्माले आजदेखि कार्यभार सम्हालेका छन्। एक महिनापछि उनी मुलुकको ४४ औँ प्रधानसेनापति बन्ने छन्। 

प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन वर्षे पदावधि भदौ २४ मा सकिँदैछ। उनले अनिवार्य अवकाश पाएका छन्। थापा हिजोदेखि घर बिदामा बसेका छन्। 

राष्ट्रपति विद्यादेवि भण्डारीले मन्त्रिपरिषदको  साउन १२ को सिफारिसअनुसार शर्मालाई साउन १७ गते  कामु प्रधानसेनापतिमा  नियुक्त गरेकी थिइन्। शर्माले आगामी भदौ २४ गते  नेपालको ४४ प्रधानसेनापतिको फुलि लगाउने छन्। एक महिना उनले कायम मुकायम प्रधानसेनापतिको रुपमा काम गर्ने छन्। 

काठमाडौंका बासिन्दा शर्मा सामूहिक नेतृत्वलाई मन पराउने इतिहासका ज्ञाता पनि हुन्।  उनले त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा स्नातकोत्तर गरेका छन् भने भारतबाट नेशनल डिफेन्स कोर्स (एनडीसी( को तालिम र अमेरिकामा पनि सैन्य शिक्षा हासिल गरेका अधिकारी हुन्। युद्धकार्य महानिर्देशकको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेका शर्मा सेनाभित्र ‘एक्सन म्यान’ का रुपमा चित्रण गरिने सैन्य कमाण्डर हुन्।

शर्मा प्रधानसेनापति बनेसँगै  सैनिक नेतृत्वमा  एउटा क्रमभंग भएको छ। उनी प्रधानसेनापति हुने ब्राह्मण समुदायका पहिलो व्यक्ति बनेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *