कालीगण्डकी करीडोर आयोजना निर्माण समयमै सम्पन्न हुन कठिन


गैंडाकोटदेखि पाल्पा राम्दी भएर निर्माण शुरु भएको कालीगण्डकी करीडोर निर्माणले कोरोना र वर्षा को कारणले तीब्रता नपाउँदा समयमै आयोजना सम्पन्न नहुने भएको छ ।पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका र बुलिगंटार र बौंदीकाली गाउँपालिका हुँदै पाल्पा ,स्यागंजा ,पर्बत बाग्लुगं भएर मुक्तिनाथ जोड्ने कालीगण्डकी करिडोरको निर्माण अहिले पूर्वी नवलपरासीमा तीन महिनादेखि कोरोना कहर र वर्षा याम शुरु भएपछि सम्पूर्ण रुपमा ठप्प हुँदा आयोजनाको समय अझ लम्बिने आयोजना पक्षले जनाएको छ ।पूर्वी नवलपरासीको गैंडाकोटदेखि पाल्पा राम्दीसम्म १३२ किलोमिटर सडकको ठेक्का पाएको भारतीय कम्पनी ईकेके कन्सटक्सनले अहिले पूर्वी नवलपरासीको गैेंडाकोट देखि बौंदीकाली सम्मका ३२ खोलामा पुल निर्र्माण सकेको र चार वटा पुलको निर्माण अन्तिम चरणमा पुगेको, भए पनि अन्य सडकको काम भने कोरोनाले बन्द हुन पुग्दा त्यहाँ कार्यरत हजारौं कामदार घर फर्कन वाध्य भएका ठेकेदार पक्षका आयोजनाका ईन्चार्ज कपिल गौलीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *