पानी परेपछि बाँकेका किसानहरुलाई राहत महशुस पुनः धन रोपाईमा लागे


डुडुवा गाँउपालिकाका किसान धान रोप्दै

करिब ३ साताको अन्तरपछि बाँके जिल्लाको विभिन्न ठाँउहरुमा आज राती देखि पानी परेको छ । ३ साताको अन्तराल पछि पानी पर्दा किसानहरुले राहत महशुस गरेका छन् । पानी नपर्दा रोपेका धान सुक्न थाले सँगै जानकी गाँउपालिका , डुडुवा गाँउपालिका र नरैनापुर गाँउपालिका लगायतका १५ प्रतिशत हरुमा धान रोपाई रोकिएको थियो । पानी नपर्दा धान रोपाई गर्दा सिचाईको प्रति घण्टा ४ सय देखि ५ सय सम्म खर्च गरेर रोपाई गर्दा किसानहरुले धेरै घाटा व्यहोर्न परिरहेको जानकी गाँउपालिका ३ का किसान रामकुमार यादवले बताए । उनको अझै पनि ५ कट्ठा जमिनमा धान रोपाई गर्न बाँकी रहेको बताए तर पानी परेपछि राहत महशुस भएको बताए ।

त्यस्तै डुडवा गाँउपालिकाका राम कुमार बर्माको अझै १० कट्ठा जमिनमा धान रोपाई गर्न बाँकी रहेको छ । धेरै दिन पानी नपर्दा त्यस्तै खाली खेत छोरेका थिए तर आज पानी परेपछि फेरी रोपाई शुरु गरेका छन् । सिक्टा नहर अन्तरगत पर्ने डुडुवा नहरमा पानी आए पनि खेत सम्म पुर्याउन धेरै समय र धेरै खर्च लाग्ने भएकोले रोपाई रोकिएको किसान बर्माले बताए । पानी परेपछि उनी फेरी धान रोपाई गर्न शुरु गरेका छन् ।

नरैनापुर गाँउपालिकामा पानी पर्दा बढी आउने र नपर्दा गाई बस्तुलाई पानी खुवाउन पनि पानी न रहेको नरैनापुरका किसान जाँगिर खाँले बताए । उनले भने नत नाला नै छ नत नहर नै अकाशे पानीको भरमा खेती गर्ने भएकोले अकाशबाट पानी पर्दा खेती गर्न सकिन्छ नत्र कुनै उपाय नै छैन । उनको अझै एक विगहा जनिममा धान रोपाई गर्न बाँकी छ । पानी नपरेपछि आधा मै धान रोपाई रोकिएको थियो । आज पानी परेपछि राहत महशुस गर्दै धान रोपाई शुरु गरेका छन् ।

बाँकेमा हल सम्म ८५ प्रतिशत धान रोपाई भइसकेको छ । अकाशे पानी नपरेको कारणले धान रोपाई रोकिएको थियो तर आज पानी परेपछि १५ प्रतिशत जमिनमा धान रोपाई सम्पन्न हुने कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *