नेपाल स्काउटको प्रमुख संरक्षक राष्ट्रपति विद्यादेवि भण्डारीलाई बनाउनु पर्छः कृष्ण गोपाल श्रेष्ठ


युवा तथा खेलकुद मन्त्री कृष्णगोपाल श्रेष्ठले नेपाल स्काउटको प्रमुख संरक्षक राष्ट्रपति विद्यादेवी भण्डारीलाई बनाउनुपर्ने बताउनुभएको छ । मन्त्री श्रेष्ठले काठमाडौं उपत्यका भित्रका स्थानीय स्काउट समितिको दिक्षान्त एवं पद तथा गोपनियताको सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै नेपाल स्काउटको गरिमा र उचाईलाई बढाउन प्रमुख संरक्षक राष्ट्रपतिलाई बनाउनुपर्ने बताउनुभएको हो ।

May be an image of 1 person

अन्य देशमा पनि स्काउटको प्रमुख संरक्षक राष्ट्राध्यक्ष रहने गरेको उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो – ‘हरेक देशमा स्काउटको प्रमुख संरक्षक देशको राष्ट्राध्यक्ष हुने चलन छ । आजै म सभाध्यक्ष लोकबहादुर भण्डारीजी मार्फत् यहाँहरु समक्ष प्रस्ताव राख्न चाहान्छु, हाम्रो यो मुलुकको स्काउटको प्रमुख संरक्षक पनि सम्माननीय राष्ट्रपति हुनुपर्छ । हामिले राष्ट्रपतिज्यूलाई प्रमुख संरक्षक र कार्यकारी प्रमुख प्रधानमन्त्रीज्यूलाई संरक्षक र शिक्षामन्त्री अथवा युवा तथा खेलकुदमन्त्री संरक्षक । यो ढंगले अगाडी बढायो भने स्काउटको अझ गरिमा उठ्छ । स्काउटको अझ हाइट बढ्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *