
रियलमी–७ र रियलमी सी–१२को मूल्य घटेको छ। रियलमीले शनिबारदेखि लागू हुनेगरि दुई फोनको मूल्य घटाएको हो। रियलमी–सी १२ मा ६.५ इञ्चको डिस्प्ले दिएको छ। ६ हजार एमएएच मेगा ब्याट्री भएको यो फोनमा एकपटकको चार्जमा ६० घण्टाभन्दा बढी निरन्तरको स्पाटिफाई प्लेब्याक, २८ घण्टासम्म निरन्तर युट्युब र स्ट्यान्डबाइ ५७ दिनसम्म रहन्छ।गुणस्तरीय फोटोका लागि पछाडि तीन क्यामरा छ।रियलमी–७ मा मुख्य गरी फोटोग्राफीलाई जोड दिएको छ। यसमा चार क्यामरा छन्। ६४ मेगापिक्सलको मुख्य लेन्स छ।५ हजार एमएएच ब्याट्रीका साथै, ३० वाटको फास्टचार्ज सुविधा दिएको छ। जसले २६ मिनेटमा ५० प्रतिशत चार्ज हुन सघाउँछ। मूल्य घटेपछि रियलमी–७ ३२ हजार ९ सय ९० रूपैयाँ तोकिएको छ। जसमा ८ जिबी र्याम र १२८ जिबी स्टोरेज छ। त्यसैगरी रियलमी सी–१२ १४ हजार ९ सय ९० रूपैयाँ तोकिएको छ। यसमा ३ जिबी र्याम ३२ जिबी स्टोरेज छ।
