सैनिक जवानद्वारा गोली हानी आत्महत्या


काठमाडौँ,असार ३० गते । महोत्तरीमा एक जना सेनाका जवानले गोली हानी आत्महत्या गरेको प्रहरीले जनाएको छ ।


रणभिम गण प्रकौली ब्यारेकमा कार्यरत सैनिक जवानले बुधबार बिहान आफैंलाई गोली हानेर आत्महत्या गरेको प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रकाश बिष्टले जानकारी दिए ।


रामेछाप घर भएका ती जवानले आफैँले बोकेको मिनी इन्सास हतियारले बाँया कन्चटमा गोली हानेको पाइएको उनले बताए ।


बुधबार बिहान अन्दाजी पाँच बजेतिर अतिथी गृहसँगैको कोतमा घटना भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक (एसपी) दिनेश आचार्यले जानकारी दिए ।
उनले मृतकका आफन्तलाई घटनास्थलमा बोलाइएको र उनीहरु आएपछि मात्रै नाम–ठेगाना सार्वजनिक गर्ने बताए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *