
नेपालगन्जः सरकारले लामोदुरीमा सञ्चालन हुने सार्वजनिक यातायातको भाडा समायोजन गरे पनि छोटो दुरीका यातयातको भाडा भने तत्काल समायोजन नहुने भएको छ । असार २७ गते मन्त्रीस्तरी निर्णयबाट एक प्रदेशबाट अर्को प्रदेशमा पुग्नेसम्मका लामो तथा मध्यम दुरीमा सञ्चालन हुने सार्वजनिक यातायातमा २८ प्रतिशतसम्म भाडा बृद्धि गरेको थियो ।

उक्त निर्णय मंगलबार देखिनै लागु भएको छ तर छोटो दुरीमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा भने तत्काल भाडा बृद्धि नहुने नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघका महासचिव पुन्यप्रसाद सिटौला जानकारी दिनुभयो ।
