एमाले नेता भीम रावलले दिए सांसद पदबाट राजीनामा


नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन् । अछामबाट नेकपा एमालेका सांसद पदमा प्रत्यक्ष निर्वाचित भएका रावलले अनैतिक राजनीतिक खेलमा सहभागि नहुने भन्दै राजीनामा दिएका हुन् ।

माधव नेपाल पक्षबाट पार्टी विवाद समाधान गर्न गठन गरिएको कार्यदलका संयोजकसमेत रहेका रावल काँग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णयबाट असन्तुष्ट रहेको कारण संसद पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

उनी संस्थागत निर्णय गरेर अघि बढ्नुपर्ने पक्षमा थिए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दावी पेश गर्दा भीम रावलसहित एमालेका २६ सांसदले समर्थन गरेका थिए ।

This image has an empty alt attribute; its file name is bhim-raal.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *