ईपीएल : पोखराले ललितपुरलाई ९ विकेटले हरायो


 बजाज पल्सर एभरेष्ट प्रिमयर लिग (ईपीएल) अन्तर्गत बुधबारको पहिलो खेलमा पोखरा राइनोजले ललितपुर प्याट्रियट्सलाई ९ विकेटले पराजित गरेको छ । बुधबार त्रिवि क्रिकेट मैदानमा ललितपुरले दिएको ५२ रनको लक्ष्य पोखराले ६.३ ओभरमा ५५ रन बनाउँदै भेट्टायो ।

मैदान भिजेका कारण २० ओभरको खेललाई ७ ओभरमा झरिएको थियो । ललितपुरले ७ ओभरमा ६ विकेट गुमाउँदै ५१ रन बनाएको थियो । पोखराका रिचर्ड लेभीले २२ बलमा अविजित ३८ र सहान अरासिगेले ३ बलमा १ रन बनाए ।

यस्तै ऋत गौतमले १४ बलमा १२ रन बनाए । ललितपुरका तर्फबाट अजमतुल्लाह अमरजाईले १ विकेट लिए । ललितपुरको यो दोस्रो पराजय हो भने पोखराले पहिलो जित निकालेको छ ।

यसअघि पोखराले वर्षाका कारण खेल नभएपछि आइतबार भैरहवासँग १/१ अंक बाँडेको थियो । पोखराको यो जितसँगै ३ अंक भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *