काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरबिच भेटवार्ता भएको छ ।
ओली भेट्न ठाकुर बालकोट पुगेका थिए । भेटमा एमाले र जसपाको सहकार्य, आधिकारिकता विवाद लगायत विषयमा छलफल भएको बुझिएको छ ।
जसपाका एक नेताका अनुसार महन्थ ठाकुरले ओलीलाई आफूहरुले साथ नछोड्ने र प्रतिपक्षमा मिलेर अघि बढ्ने प्रतिबद्धता जनाएका थिए ।
अध्यक्ष ठाकुरसँग वरिष्ठ नेता राजेन्द्र महतो, नेता अनिल झालगायत बालकोट पुगेका थिए ।
ओली प्रधानमन्त्री हुँदा मधेस मुद्दा सम्बोधन गर्न सुरु गरेका थिए । त्यसैले त्यतिबेला जसपाले ओलीलाई साथ दिएको थियो । तर प्रतिगमन भन्दै उपेन्द्र यादवहरु प्रचण्डको उक्साहटमा मधेसका माग सम्बोधन हुन नदिने षडयन्त्रमा लागेका थिए ।

