साउनको पहिलो सोमवार बागेश्वरीमा भीडभाड


भगवान शिवको प्रिय महिना साउनको पहिलो सोमवार आराध्यदेव जुंगेबाबा बागेश्वरी मन्दिरमा आज बिहानैदेखि भक्तजनहरुको भीड लागेको छ ।

कोरोनाका कारण मन्दिर बन्द गरिएपनि भक्तजनहरुको उल्लेख्य उपस्थिती छ । बिहानैदेखि मन्दिर परिसरमा भक्तजनहरु शिव पूजनका लागि फूलमाला र अक्षता बोकेर पशुपतिनाथ पुगेका थिए ।

मूल मन्दिर बन्द भएका कारण भक्तजनहरुले पूजा गर्न पाएनन् । तर भक्तजनहरुले वरपरका मन्दिर परिक्रमा र मूर्ति पूजा गर्दै शिवलिङ्गमा जल चढाएर महादेवको पूजा गरेका छन् ।

मन्दिर परिसरमा पुगेका मानिसहरुले भने कोरोनाको महामारीलाई बेवास्ता गरिएको दृश्यमा देख्न सकिन्छ । त्यहाँ उपस्थित भक्तजनहरुले भौतिक दूरी पालन गरेका थिएनन् ।

कतिपयले त मास्क समेत नलगाएको देख्न सकिन्छ । सूर्य मिथुन राशि भएर कर्कट राशीमा प्रवेश गरेको र दक्षिणायन शुरु भएको यो महिनामा भक्तजनहरु महादेवका मन्दिरमा गएर पूजा आराधना गर्दछन् । यसो गरेमा सम्पूर्ण मनोकामना पूरा हुने जनविश्वास रहेको छ ।

This image has an empty alt attribute; its file name is 218600847_10225719861772803_1755355092591205609_n-1024x576.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *