राष्ट्रपति भण्डारी टिचिङ अस्पतालमा


काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी स्वास्थ्य परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल(टिचिङ) पुगेकी छन्। 

मंगलबार बिहान सवा ९ बजे राष्ट्रपति भण्डारी टिचिङ पुगेकी हुन्। 

आँखा जाँचका लागि राष्ट्रपति भण्डारी अस्पताल आएको टिचिङ अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिए। उनका अनुसार राष्ट्रपतिको जाँच चलिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *