किसानले फलाए एक बर्ष नपुग्दै सुन कागती, कागती रोपेकै खाली जमिनमा तरकारी लतरम्मा



Open Photo
११ महिनामा सुन कागती टु जातको कागती फल दिन शुरु

लक्ष्मण पुर एग्रो कृषि फर्म अहिले बाँसगढि नगरपालिकाको नमुना कृषि समुह बन्दै गएको छ । करिब ६ विगहा जमिनमा सुनकागती टु, आँप र लिची रोपका छन । तर कागती फल्न ३ बर्ष लाग्ने र विरुवा रोपेको बिच भागलाई सदुपयो गर्दे तरकारी खेती गर्दे आम्दानी गरि रहेका थिए । तरकारी राम्रो उत्पादन भएपपिछ बन्दाबन्दीको कारणले तरकारी बिक्री गनए नसक्दा तरकारी बारीमै कुहीन थालेको छ ।

फर्मबाट सिजिको कम्पनी देख्न सक्ने


बाँसगढि नगरपालिका ३ लक्ष्मणपुरका गरिब मानिसहरु एकजुत भएर ३ बर्ष पहिले करिब ६ विगहा जमिनमा कागती, आँप र लिची रोपेर लक्ष्मण पुर कृषि समुह सञ्चालन गरेका थिए । फर्म सञ्चालन गर्दा करिब ३० लाख लगानीमा शुरु गरेका छन् । कागती उत्पादन हुन समय लाग्ने र बिरुवा रोपेको बिचमा धेरै जमिन खाली भएकोले यो बर्ष खाली ठाँउको सदुपयोग गर्दै तरकारी रोपेर राम्रो उत्पादन गरेका थिए । तरकारी उत्पादन भए पनि बन्दाबन्दीका कारणले बिक्री नहुदाँ उत्पादीत तरकारी खेतमै कुहिने अवस्थामा पुगेको छ । भगरा खोलाको किनारमा बलौटे माटो भएको कारणले धान गाहुँ उत्पादन नभएको कारणले बर्षौ देखि जमिन खाली रहेको थियो । गाँउका गरिब मानिसहरुलाई एक जुत गराएर फर्मसञ्चालन गर्दा पछि गएर राम्रो सोचका साथ समुहिक फर्म सञ्चालन गरेको फर्म सञ्चालक नैन बहादुर खत्रीले बताउनु भयो

फर्मबाट सिजिको कम्पनी देख्न सक्ने

समय नपुग्दै सुन कागती टु जातको कागतीले फल दिन थालेपछि थप उत्सहित भएका छन् । फल दिने समय अवधि नपुग्दै फल दिन थालेपछि मानिसहरु पनि विश्वा स गरेको छैनन् । कागती, आँप र लिचीलाई गत बर्ष असार महिनामा रोपेका थिए । समय नपुग्दै कागतीले फल दिने र खाली जमिनको सदुपयोगले तरकारी उत्पादन देखेर थप उर्जा पलाएको लक्ष्मणपुर कृषि समुहको व्यवस्थापक कर्ण बहादुर कठायतले बताउनु भयो । उनी करिब ५ बर्ष बैदेशिक रोजगारीमा काम गरेर आएर कृषि पेशामा लागेका छन् ।

समुहका व्यवस्थापक कर्ण बहादुर कठायत तरकारी तिप्दै

बर्दिया जिल्लाको हरेक पालिकामा यस्ता खाली ठाँउ रहेका छन् र अहिले सम्मा पनि धेरै ठाँउहरु उपयोगमा आउन सकेका छैनन् । लक्ष्मणपुर कृषि समुहलाई बाँसगढि नगरपालिकाले सहयोग गरे जस्तै हरेक पालिकाले कृषि पेशा गर्न चहने किसानहरुलाई सस्तोद दरमा लिजमा जमिन दिए बर्दियको कृषि पेशामा थप रौनक आउने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *