काठमाडौँको बालाजुमा भिषण आगलागी


काठमाडौँको बालाजुस्थित एक सोफा फ्याक्ट्रीमा भीषण आगलागी भएको छ ।

बुधबार दिउँसो करिब ४ बजे आगलागी भएको हो ।

महानगरीय प्रहरी वृत्त बालाजुका प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीका अनुसार बालाजुको थ्रिडी सोफा फ्याक्ट्रीमा आगलागी भएको हो ।

बुढाथोकीका अनुसार चार वटा दमकलले आगलागी नियन्त्रणको प्रयास गरिरहेका छन् ।

आगो निभाउनको लागि पानी ट्यांकरहरू पनि परिचालन गरिएको छ ।

साथै, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय लगायतले आगलागी नियन्त्रण गर्ने प्रयास गरिरहेका छन् ।

आगलागी को कारण भने खुलेको छैन ।केटिएम दैनिकबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *