गौरिकाले बनाइन् राष्ट्रिय कीर्तिमान


जापानको राजधानी टोकियोमा जारी टोकियो ओलम्पिक २०२० मा नेपाली पौडी खेलाडी गौरिका सिंहले राष्ट्रिय कीर्तिमान बनाएकी छन् । बुधबार टोकियो एक्वेटिक सेन्टरमा गौरिकाले महिलाको एक सय मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।  

हिट चरणमा गौरिकाले १ः००.११ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । गौरिका आफ्नो हिटमा तेस्रो स्थानमा बनिन् । गौरिका हिट एकमा छिन् । यस हिटमा गौरिकासहित नाइजेरिया, मोन्टेनेग्रो र गुवामका गरी चार खेलाडी छन् ।

गौरिकाले आफ्नै नाममा रहेको कीर्तिमान भङ्ग गरेकी हुन् । यसअघि गौरिकाले सन् २०१९ मा दक्षिण कोरियामा भएको १८औँ फिना विश्व च्याम्पियनसिपमा १ः००.६२ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *