बाँके प्रहरीद्वारा अवैध मोबाइलका सामाग्री बरामद


नेपालगन्ज । जिल्ला प्रहरी बाँकेले भारतबाट  नेपालगन्ज ल्याउदै गरेको अवैध सामाग्री बरामद गरेको छ।

 लुकिछिपी  रुपइडिहाबाट ल्याउदै गरेको   १  काटुन   मोबाइलका सामानहरु नेपालगन्ज १५ बाट  बरामद गरेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ। बाँके प्रहरीको प्रमुखको रुपमा एसपी श्याम कृष्ण अधिकारी आएपछी अवैध रुपमा भारतबाट नेपाल भित्र्याइने सामाग्रीहरुमाथी प्रहरीले कडाइ गर्दै आएको छ। 

बरामद गरिएका अवैध मोबाइलका सामाग्री लाई नेपालगन्ज भन्सार कार्यालय बुझाईएको बाँके प्रहरीले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *