हिजो त सती जानु पनि धर्म थियो; बहस किन नगर्ने ?


मान्छे चेतनशील भएर मात्र के गर्नु ? गुट्खा बनाउने उही, अनि क्यान्सरको विज्ञापन बजाएर भलाद्मीको पगरी भिर्ने पनि उही । भगवान् र सैतान एउटै शरीरमा प्रकट भएपछि सबैभन्दा बढी घातक हुँदो रहेछ । जीवनको कुरा गरेर, दर्शनको कुरा गरेर, क्रान्ति, परिवर्तन र समानताको नारा सुनाएर छिर्के हान्नेले धमिराको काम गर्छन् । भित्रभित्रै समाज खोक्रो बनाउने खेल खेल्छन् । एउटा अन्तरवार्ता हेरेको थिएँ । बडा गजब कुरा आयो – आजको पुस्ता बौद्धिक त भयो विवेकशील भएन । तर उहाँ स्वयं पनि कुन नाउमा हिँड्नुहुन्छ भन्न मुस्किल छ ।

यतिबेला जोडतोडले जातीयता कराइरहेको छ । ठ्याक्कै तुलनात्मक रूपमा भन्नुपर्दा यतिबेला खेतबारीमा कराइरहेको भ्यागुताजस्तै । तर कहाँ ? फेसबुकमा । ट्विटरमा । केही खबर पोर्टलहरूमा । तर हाम्रो मन मस्तिष्कमा नि ? जातीयता बहस गर्ने कुरा हैन भन्दा “के हो त ?” भन्नेहरू अगाडि आउँछन् । त्यस बिषयमा मैले बोल्दा अर्कोथरीलाई समस्या पर्नसक्छ । खैर जेहोस्, विचारको स्वतन्त्रता छ । र, मैले पस्कने खुराक भलै बासमती नहोला, तर बहसजस्तो बासी पक्कै हुने छैन । हामी जुन कुरा बहसमा ल्याउँछौँ, त्यसको समर्थनमा एकथरी र विरोधमा अर्कोथरी हुन्छन् । जब जब जातीयता बहसमा आउँछ, एकथरीलाई सही लाग्छ, र उनीहरूको घरमा कोचिङ हुन्छ । संस्कारको माला झन् मजबुत बन्छ । पर्खाल किन आवश्यक ? भनेर अफिम पिलाइन्छ । त्यो अफिमले काम पनि गर्छ । सम्झँदा हो जस्तो पनि लाग्छ । धर्म, संस्कार निभाउन किन अटेर गर्ने ? तर वास्तविकता त त्यो हैन । वास्तवमा धर्म भनेको हाम्रो कर्म हो । हामीले आज गर्ने कर्म भोलिको संस्कार हो । जस्तो हिजो सती जानु धर्म थियो । आजको संस्कारले त्यसलाई अपराध भन्छ । बालविवाह धर्म थियो । आज अपराध हो । थप लेख

Leave a Reply

Your email address will not be published. Required fields are marked *