कोरोनाबाट बाँकेमा थप २ जनाको मृत्यु


नेपालगन्जः कोरोना भाइरस संक्रमणबाट भेरी अस्पतालमा थप दुई जनाको मृत्यु भएको छ । कैलाली दोधारा नगरपालिका–६ चादनीकी ७५ वर्षीया महिला र भेरीगंगा नगरपालिका–४ सुर्खेतका ५७ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

कैलालीकी ती महिलालाई साउन १६ गते कंचनपुरमा कोभिड संक्रमण पुष्टि भएको थियो । त्यसको भोलिपल्ट १७ गते उनलाई भेरीको कोभिड वार्डमा भर्ना गरिएको थियो । उनको उपचारका क्रममा गएराती मृत्यु भएको हो ।

यस्तै सुर्खेतका ती पुरुषलाई साउन ४ गते कोभिड पुष्टि भएको थियो । त्यसको भोलिपल्ट ५ गते उनलाई भेरीको कोभिड वार्डमा भर्ना गरिएको थियो । तर स्वास्थ्यमा सुधार नआउँदा उनको आज विहान मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।

योसँगै उपचारका लागि बाँकेका आएका बाहिरी जिल्लाका ३ सय ७९ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *