सरकारमा जाने कुनै सम्भावना छैन: रघुजी पन्त


काठमाडौंः नेकपा एमालेका नेता रघुजी पन्तले माधव नेपाल समूह सरकारमा जाने सम्भावना नरहेको बताउनुभएको छ ।

विहिबार माधव नेपाल समूहको केन्द्रीय सदस्यको बैठकपछि सञ्चाकर्मीसँग कुराकानी गर्दे नेता पन्तले आफुहरु नेकपा ऐमालेमै रहेकाले तत्काल सरकारमा जाने सम्भावना नरहेको बताउनुभएको हो ।

बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले एमाले एकताको पक्षमा आफु प्रयासरत रहेको बताउनुभएको छ ।

नेता नेपालले पार्टी एकताका लागि वार्ता अघि बढिरहेको बताउनुभएको हो ।

उहाँले केही विषयमा सहमती भएको उल्लेख गर्दै अझै केही विषयमा वार्ता गरिरहेको बताउनुभएको एमाले नेता रघुजी पन्तले जानकारी दिनुभयो ।

वरिष्ठ नेता नेपालले सहमतीको निम्ति वार्तामा अझैपनि सामेल भएको भन्दै एकता आफ्नो इच्छा र चाहाना भएको बताएको नेता पन्तले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *