राष्ट्रिय क्रिकेट टोलीको अभ्यास सुरु


काठमाडौंः नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास सुरु गरेको छ । सेप्टेम्बर दोस्रो साताबाट ओमानमा हुने आइसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत नेपाल, अमेरीका र ओमान सम्मिलित एकदिवसीय त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास थालेको हो ।

बर्षायाममा मौसम प्रतिकुल भइरहेको अवस्थामा पनि मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले टोलीलाई अभ्यास गराउन सुरु गरेका हुन ।

यस अघि सोही सिरिजका लागि भनेर नेपाल क्रिकेट संघ (क्यान) ले १९ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो ।

जसमा गुल्सन झा पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् । पूर्व कप्तान पारस खड्काले सन्यास लिएपछि उनको नाम टोलीबाट हटाइएको छ । दुई दिन अगाडि खेलाडीले अभ्यास सुरु गरे पनि बिहीबार मात्र बोलाइएका सबै खेलाडी प्रशिक्षणमा उपस्थित भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *