सुनको मुल्यमा निरन्तर गिरावट


केहि दिनदेखि नेपाली बजारमा सुनको मूल्यमा निरन्तर गिरावट आएको सुनचाँदी व्यवसायी महासंघले जनएको छ । महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९० हजारमा कारोबार भएकोमा आज तोलामा एक हजारले घटेको हो ।

आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार रहेको छ भने तेजावी सुनको मूल्य ८८ हजार पाँच सय ५० रुपैँया रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य १२४० मा कारोबार भएकोमा आज घटेर प्रतितोला १ हजार २ सय १५रुपैँया कायम गरिएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *