एमाले अध्यक्ष ओलीले प्रतिनिधिसभामा आज सम्बोधन गर्दै


काठमाडौं : प्रमुख प्रतिपक्ष दलका नेता तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्ने भएका छन्।

आज दिउसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा अध्यक्ष ओलीले सम्बोधन गर्ने तय भएको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री पद गुमाएपछि ओलीले संसदमा पहिलो पटक सम्बोधन गर्न लागेका हुन्। 

सर्वोच्च अदालतको परमादेशबाट शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि विश्वासको मतको बेलामात्र संसद बैठक कक्षभित्र छिरेका ओलीले यसबीचमा बैठकमा सहभागिता जनाएका छैनन्।

ओलीले सरकार गठन, सर्वोच्चको परमादेश र यसबीचका घटनाक्रम तथा सरकारको न्युनतम साझा कार्यक्रममाथि प्रश्न उठाउने सम्भावना छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *