नेपालगंजको मुटु मानिने त्रिभुवन चौक पुर्ण रुपले सजिएको छ।


भाई–बहिनीको पवित्र, स्नेह एवं अटुट बन्धनको प्रतिक रक्षाबंधनको महापर्वलाई लिएर नेपालगंजको मुटु मानिने त्रिभुवन चौक देखि त्रिवेणीमोड सम्म एवं शहर चोक चोकमा बजार पूर्ण रुपले सजिएको छ ।

बजारहरुमा राखीहरुको दोकान सडकको बीचमा वा सडकको किनारमा राखिएका छन् ।

साथसाथै मिष्ठान भन्डारहरुमा मिठाई, अंदरसा र फिनी को सुगन्धले शहर नै मनमोहक देखिएको छ । बजारमा बिहान देखि नैं राखिहरुको खरिद–बिक्रि शुरु भइरहेको छ ।

रक्षा बन्धन पर्व लाई मध्ये नजर गरी प्रहरी प्रशासनले ठाउँ–ठाउँमा चेकजाँचमा कडाई गरेको देखिन्छ । पर्व लाई मध्येनजर गरी चोर, लुटेराहरु माथि निगरानी बढाईएको देखिन्छ ।

त्रिभुवन चोकमा प्रहरीको तर्फबाट सुरक्षाकर्मीहरुलाई तैनाथ गरेको देखिन्छ । र, नागरिकहरुको सहजताको लागि त्रिभुवनचौक देखि त्रिवेणीमोड सम्म चार पाङग्रे र तीन पाङग्रे गाडीलाई निषेध गरिएको छ ।

त्रिभुवन चोकमा प्रहरीको तर्फबाट सुरक्षाकर्मीहरुलाई तैनाथ गरेको देखिन्छ । र, नागरिकहरुको सहजताको लागि त्रिभुवनचौक देखि त्रिवेणीमोड सम्म चार पाङग्रे र तीन पाङग्रे गाडीलाई निषेध गरिएको छ ।

किनकी त्यहाँ राखी र मिठाइको पसल थापिएका छन् ।

बच्चाहरुको लागि कार्टून राखिहरु
बजारमा हरेक वर्ष जस्तो यो वर्ष पनि बच्चहरु देखि ठूलो उमेरको लागि राखिहरु दर्जनौं वैरायटीमा उपलब्ध छन् ।

बच्चाहरुलाई लोभ्याउँनलाई उनीहरुलाई मन पर्ने कार्टून एवं मन पर्ने सुपर हिरोहरुको राखिहरु बजारमा उपलब्ध देखिन्छ ।

दोकानमा बच्चाहरुका लागि छोटा भीम, बाल हनुमान, डोरेमोन आदि कार्टून चित्रण राखि आएको छ । बजार मा रु पचास देखि दुई सय रुपैया वा सो भन्दाबढी मूल्य सम्मको राखि उपलब्ध छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *