वरिष्ठ कलाकार शम्भुराज थापाको निधन भएको छ । कोरोना संक्रमणका कारण तीन साता पहिले उपचारका लागि पाटन अस्पताल भर्ना भएका ५५ वर्षीय थापाको सनिवार बिहान करिब साढे चार बजेतिर निधन भएको थियो

उनकी आमाको निधन भएको मात्र १ महिना भएको थियो।
तीन दशकदेखि कलाकारिता क्षेत्रमा सक्रिय थापाले थुप्रै टेलिसिरियल र चलचित्रमा अभिनय गरेका थिए । उनले पछिल्लो समय मेरी बास्सै, भद्रगोल, गोलमाल, हल्का रमाइलो लगायतका टेलिसिरियलमा अभियन गर्दै आएका थिए । उनी हल्का रमाइलो टेलिसिरियलमा ‘बखते’ नामबाट दर्शकमाझ चर्चित भएका थिए ।

यस्तै उनले महानायक राजेश हमाल, गौरी मल्ल लगायतको अभिनय रहेको ‘आफ्नो विरानो’ चलचित्रसमेत निर्माण गरेका थिए । स्व. थापाका श्रीमती एक छोरा र एक छोरी छन् । स्व. थापाको हिजो सनिवारनै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

