एट्लेटिकोले पहिलो खेलमा सेल्टा डि भिगोलाई पराजित गरेको थियो । एट्लेटिकोको जितमा एन्जल कोरेआले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । प्रतिस्पर्धात्मक खेलको सातौ मिनेटमा सउल निग्वेजको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो ।
३९औं मिनेटमा यसै समरमा क्लबमा आबद्ध भएका रोड्रिगो डि पउलको पासमा एन्जल कोरेआले गोल गर्दै एट्लेटिकोलाई १–० ले अघि बढाए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा लुकास बोएको प्रहार क्रसबारमा लाग्दै बाहिरिदा इल्चे बराबरीबाट चुक्यो ।
४७औं मिनेटमा कोकीको कर्नरमा जोस जिमिनेजको प्रहारलाई इल्चेका गोलरक्षक फ्रान्सिस्को कासिल्लाले डाइभ दिदै बचाए । ५१औं मिनेटमा यान्निक कारास्कोको प्रहारमा कासिल्ला नै बाध बने । त्यसपछि दुवै टोलीबाट गोल निस्कन नसकेपछि पहिलो हाफको एन्जल कोरेआको गोल नै एट्लेटिकोको जितमा निर्णायक बन्यो ।
लगातार दोस्रो जितसँगै एट्लेटिको ६ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । ४ अंक जोडेर रियल म्याड्रिड, बार्सिलोना, मलोर्का र भ्यालेन्सिया शीर्ष पाँचमा रहेका छन् । पराजित इल्चे १ अंक जोडेर १६औं स्थानमा रहेको छ ।

आइतबार राति नै भएको अर्काे खेलमा साविकको उपविजेता रियल म्याड्रिडले लेभान्टेसँग ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेको छ म्याड्रिडका ग्यारेथ बेलले १ गोल र भिनिसिस जुनियरले २ गोल गरेको थिए भने लेभान्टेका रोगरले १ कम्पानाले १ रोबरले १ गोल गरेका थिए र खेलको अन्तिम समयमा लेभान्टेका किप्पर फर्नाडेजले रेडकार्ड पाएका थिए। । यस्तै रियल सोसिडाडले रायो भालेकानोलाई १–० ले पराजित गरेको छ । सोसिडाडका अयारजबलले पेनाल्टी मार्फत खेलको एक मात्र गोल गरेको थिए।

