बाकेमा लागूऔषध सहित एक महिला पक्राउ।


ठूलो परिणामको लागू औषध सहित महिला पक्राउ
बाँके प्रहरीले ठूलो परिणामको लागू औषध सहित एकजना महिलालाई पक्राउ गरेको छ। ६ ग्राम ब्राउन सुगर र एक हजार पाँच सय पन्ध्र नाईट्राजेपाम ट्याब्लेटसहित नाम्खा गाउपालिका वडा नं.१ हुम्ला  घर बताउने वर्ष ३९ कि खण्डु तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी  कार्यालयबाट खटिएको प्रहरी टोलीले नेपालगन्जको वसपार्क सडक खण्डबाट तामाङलाई पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ ।

संकास्पद अवस्था देखेपछि प्रहरीले चेकजाँच गर्दा सुरुवालको दाँया तर्फको खल्तीमा सेतो प्लाष्टिक भित्र ६ ग्राम ब्राउन सुगर र झोला भित्र रहेको ५ वटा वट्टा भित्र  लागु औषध नाईट्राजेपाम १५१५ (एक हजार पाँच सय पन्ध्र) ट्याव्लेट फेला परेको प्रहरीले जनाएको छ । उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको पनि प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *