सेभिल्याले लगातार दोस्रो जित निकालेको छ


 स्पेनिस ला–लिगा फुटबलमा सेभिल्याले लगातार दोस्रो जित निकालेको छ ।सोमबार राति गेटाफेलाई १–० गोल अन्तरले पराजित गर्दै सेभिल्याले लगातार दोस्रो जित निकालेको हो ।

सेभिल्यालाई जित दिलाउन एरिक लामेलाले इन्जुरी समयमा निर्णायक गोल गरे । लामेलाले लगातार दोस्रो खेलमा गोल गरेका हुन् ।

यस जितसँगै दुई खेलमा ६ अंक जोड्दै सेभिल्या लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *