गुगल पिक्सेल फाइभ ए’ सार्वजनिक


गुगलले हालै पिक्सेल फाइभ ए (Pixel 5A) फाइभजी स्मार्टफोन आधिकारिक रुपमा सार्वजनिक गरेको छ ।गुगलको पिक्सेल फोर ए (Pixel 4A) को तुलनामा यो फोनमा केही नयाँ अपडेटहरू पाउन सकिन्छ । जस्तो कि अलिकति ठूलो स्क्रिन, धेरै क्षमताकाे ब्याट्री, आईपी ६७ रेटिङ सहितको वाटर रेसिस्टेन्ट फिचर आदि ।

यति मात्र होइन, यसको मूल्य पनि ‘फाेर ए’ को भन्दा कम छ । अमेरिकामा यो फोनको मूल्य ४४९ अमेरिकी डलर अर्थात ५३ हजार ४११ रुपैयाँ रहेको छ, जुन ‘फाेर ए’ भन्दा ५० अमेरिकी डलर अर्थात् करिब ६ हजार रुपैयाँले कम हाे ।यो फोन पहिलाे चरणमा अमेरिका र जापानमा अगस्ट २६ देखि उपलब्ध हुनेछ ।

यसअघिको पिक्सेल ‘फोर ए’ मा ३,८८५ एमएएचको ब्याट्री थियो, ‘फाइभ ए’ मा ४६८० एमएएचकाे ब्याट्री दिइएको छ । कम्पनीका अनुसार एक पटक चार्ज गरेपछि ‘एक्स्ट्रिम ब्याट्री सेभर मोड’ मा फोन चलाउँदा सामान्यतः दुई दिनसम्म ब्याट्री टिक्नेछ ।यो फोनमा ६० हर्ज रिफ्रेस रेट सहितको ६.३४ इन्च डिस्प्ले छ ।

पिक्सेलको ‘ए’ सिरिज अन्तर्गतको फोनमा वाटर रेसिस्टेन्स रेटिङ पाउने ‘फाइभ ए’ पहिलो फोन हो, जुन तीन फिटसम्मको गहिराइ भएको पानीमा ३० मिनेटसम्म रहन सक्ने कम्पनीले बताएको छ । यी लगायत अन्य फिचरहरू भने यो फोनको लगभग ‘फाेर ए’ जस्तै छ । स्न्यापड्रागन ७६५जी चिपसेट भएको यो फोनमा ६ जीबी र्‍याम र १२८ जीबी स्टोरेज छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *