नेपालगन्जको भुमिसुधार कार्यालय फोहोरको डंगुर


बाकेको भूमिसुधार कार्यालय सेवाग्राहीको सबैभन्दा बढी भीडभाड हुने कार्यालयमा पर्छ । सेवाग्राहीको भिडभाड हुने यस्ता कार्यालय देख्दै आकर्षक, लोभलाग्दो र मनै लोभ्याउने हुनु पर्ने हो ।

तर नेपालगन्जको भूमि सुधार कार्यालय यस्को ठिक उल्टो छ । कार्यालयभित्रको फोहर देखेर सेवाग्राही घिन मानिरहेका थिए । सबैभन्दा बढी फोहर शौचालय क्षेत्रमा थियो । जहाँ कति दिनदेखि फोहर नै सफा नगरे जस्तो अनुभूति हुन्थ्यो ।

शौचालयको हात धुने धारामा पानी आउँदैन । गुट्खा खाएर थुक्ने ठाउँ भएको छ । प्यान रातै छन् । गुट्खाका खोस्टाहरु सर्वत्र भेटिन्छ । सेवाग्राही व्यङ्ग्य गर्दैथिए, ‘धेरै कर उठाउने कार्यालयमा यति धेरै फोहर हुन्छ ।

सफाइ गर्ने बजेट हुँदैन कि ? कार्यालय फोहोरको डंगुरमा छ । कार्यालयबाट प्रवाह हुने सेवा पनि अस्तव्यस्त छ । मालपोतलाई कतिपयले घुस्याह कार्यालयको संज्ञा दिने गरेका छन । घुसखोरी कार्यालयको अवस्था यस्तै हो एकजना व्यंग्य गर्दै भन्दै थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *