यातायात व्यवस्था विभागले सवारीचालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा उत्तीर्ण गरेका र नविकरणका लागि आवेदन दिएका चालकलाई परीक्षणकालीन लाइसेन्स दिन सुरु गरेको छ ।
स्मार्ट लाइसेन्स छपाइमा भएको ढिलाईका कारण सवारीचालक अनुमति पत्र (लाइसेन्स) लिन सेवाग्राही बर्षदिन कुुर्नपर्ने बाध्यताका कारण त्यसको विकल्पमा विभागले अस्थाईरुपमा एक बर्ष अवधिको परीक्षणकालीन लाइसेन्स दिन सुरु गरेको हो ।
लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका र नविकरणका लागि आवेदन दिएका चालकलाई क्यूआर कोडसहितको परीक्षणकालीन लाइसेन्स पाउने यातायात व्यवस्था विभागका प्रवक्ता डा. लोकनाथ भुसालले जानकारी दिनुभयो ।
उहाँले हालका लागि काठमाडौंको एकान्तकुनास्थित कार्यालयबाट परीक्षणकालीन लाइसेन्स वितरण सुरु भइसेको र क्रमशः देशैभरका यातायात कार्यालयहरुमार्फत वितरण गरिने पनि बताउनुभयो ।

