उपत्यकाका विभिन्न स्थानीय तहले विद्यालयहरू भौतिक रुपमै सञ्चाल गर्ने तयारी अगाडि बढाएका छन् । बुधबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले विद्यालयह सञ्चालन गर्दा स्थानीय तहहले जिल्ला कोभिड व्यवस्थापन समितिसँग समन्वय गरेर मात्र विद्यालयहरु भौतिक रुपमै सञ्चालन गर्न पाउने निर्देशन जारी गरेसँगै स्थानीय तहहरुले गृहकार्य थालेका छन् ।
काठमाडौं महानगरपालिकाले आगामी साताबाट विद्यालयह भौतिक रुपमै सञ्चालन गर्न सकिने जनाएको छ । महानगरका शिक्षा महाशाखा प्रमुख रामप्रसाद सुवेदीका अनुसार महानगरले अझै एक ÷दुई दिन कोरोनाको जोखिमको अवस्था हेरेर विद्यालयहरु भौतिक रुपमै सञ्चालन गर्न सकिने बताउनुभयो ।
“हामीले अझै एक÷दुई दिन महानगरमा कोरोना संक्रमण कम भए÷नभएको हेर्छौं। यदि संक्रमणमा कमी आए आगामी साताबाट विद्यालय भौतिक रुपमै सञ्चालन गर्नेछौँ ”उहाँले भन्नुभयो ।महानगरपालिकासँग संस्थागत र सामुदायिक विद्यालयहरुले नियमित कक्षा सञ्चालन गर्न पाउनुपर्ने माग राखिरहेको सुवेदीले बताउनुभयो ।
यदि विद्यालयहरु सञ्चालन गर्ने अवस्था सृजना भएको खण्डमा विद्यालयहरुले अनिवार्य रूपमा स्वास्थ्य मापदण्ड पालना गरेर भौतिक रुपमा कक्षा सञ्चालन गर्नुपर्ने उहाँले बताउनुभयो । महानगरले त्यसको अनुगमन गर्ने उहाँ बताउनुहुन्छ

