बाँके प्रहरीले यौनजन्य गतिविधि विरुद्ध कडाइ गरेको छ।


यौनजन्य गतिविधिविरुद्ध बाँके प्रहरीले कडाइ गरेको छ । नेपालगन्ज, कोहलपुर, राँझा, चप्परगौरी, गाभर होमस्टेलगायत क्षेत्रमा यौनजन्य गतिविधि बढेको पाइएपछि प्रहरीले निगरानी बढाएको हो ।

यहाँ साना तथा ठूला होटल तथा कटेजहरुमा यौनजन्य गतिविधि हुने गरेका प्रहरीलाई गुनासो आउने गरेका छ्न । त्यहीँ भएर बाँंके प्रहरीले निगरानी बढाएको बाँकेका डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिनु भयो ।

यहाँसम्मकी पछिल्लो समयमा ग्रामीण क्षेत्रका नास्ता पसलमा पनि यौनजन्य गतिविधि हुन थालेका छ्न । त्यसैक्रम हवल्दारपुरस्थित कल्पना पन्थी नास्ता पसलमाबाट यौनजन्य गतिविधिमा संलग्न १० जनालाई पक्राउ गरिएको पनि डिएसपी न्यौपानेले बताउनुभयो ।

शुक्रबारराती ६ जना युवक र ४ जना युवतीलाई पक्राउ गरिएको हो । यौनजन्य गतिविधि भैरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलिले छापा मारेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *