साताको अन्तिम दिन बिहीबार शेयर बजार स्थिर देखिएको छ । दिनभरको उताचढाव बिच बजार बन्द हुँदा ० दशमलव ०२ प्रतिशतले मात्रै बजार घटेको छ । ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.२८ प्रतिशतले मात्रै घटेको छ ।
समग्रमा बजार घटेपनि ठूलो गिगरावट छैन ।व्यापार, हाइड्रोपावर, जीवन बीमा र लगानी समूहमा रहेका कम्पनीहरुको शेयर मूल्य बिहीबार बढेको छ भने यस बाहेकका कम्पनीहरुको मूल्य घटेको छ ।
कारोबार रकममा पनि उल्लास देखिएन । बुधबार ९ अर्ब माथिको शेयर कारोबार भएकोमा बिहीबार जम्मा ७ अर्ब भन्दा थोरे बढीमात्रैको शेयर किनबेच भएको छ ।

