युट्युबले कम्युनिटी पोस्ट गर्नका लागि आवश्यक सब्सक्राइबर संख्या आधाले घटाएको छ । कम्पनीले आउँदो अक्टोबर १२ देखि लागु हुने गरी बिहीबार यस्तो घोषणा गरेको हो ।
यससँगै अब एक हजार सब्सक्राइबरको साटो तपाईंलाई पाँच सयभन्दा माथि सब्सक्राइबर भए पुग्नेछ । ट्वीटमार्फत युट्युबले भनेको छ कि यसबाट दशौँ लाख थप च्यानलहरूले यो फिचर प्रयोग गर्न पाउनेछन् ।

