कोशी रिफ्रेसमेन्ट सेन्टर आयोजना अन्यौलमा


 प्रदेश १ को राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कोशी रिफ्रेसमेन्ट सेन्टर अलपत्र परेको छ । बजेट अभावका कारण सो राष्ट्रिय गौरवको आयोजना अलपत्र परेको हो ।

उक्त आयोजनाका लागि प्रदेश सरकारले बजेटको व्यवस्था नगरेपछि अलपत्र बन्न पुगेको कोशी रिफ्रेसमेन्ट सेन्टर, सुनसरीका आयोजना प्रमुख मिलन आचार्यले बताउनुभयो ।

आयोजना प्रमुख आचार्यले जग्गा अधिग्रहण समेत सकेर संरचना निर्माणको चरणलाई पहिलो फेजमा अघि बढाइएको भएपनि बजेट अभावले रिफ्रेसमेन्ट सेन्टरको भविष्य अन्योलमा परेको जानकारी दिनुभयो ।

उहाँका अनुसार पहिलो चरणअन्र्तगत अहिलेसम्म मात्रै साढे ६ प्रतिशत काम भएको छ भने त्यसमा पनि पटक–पटक गरिँदै आइएको सर्भेले स्थानीयमा समेत अन्योलता बढाएको छ । उहाँले हतारमा प्रक्रिया थालिँदा कतिपय योजना डीपीआर नै भएका छैनन् जसले गर्दा समेत रिफ्रेसमेन्ट सेन्टर निर्माणको प्रक्रिया अघि बढ्नेमा दुविधा उत्पन्न गराएको बताउनुभयो ।

त्यस्तै कोशी गाउँपालिका, सुनसरीका अध्यक्ष एयुब अन्सारीले बजेट अभावलाई मुख्य कारण बताउने आयोजना कार्यालय इनरुवाले स्थानीयको साथ हुँदाहँदै पनि सोचे अनुरुपको काम भने अघि बढाउन नसकिएको बताउनुभयो ।

उहाँले प्रदेश सरकारले चासो नदिएका कारण कोशी गाउँपालिकाको कार्यालय आयोजना बेवारिसे अवस्थामा पुग्न लागेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *