शाहू अवधी पत्रकार संघ नेपाल बाँके शाखाको अध्यक्ष


अवधी पत्रकार संघ नेपाल बाँके शाखाको अध्यक्षको जिम्मेवारी पत्रकार नन्दलाल शाहूलाई दिइएको छ । अवधी पत्रकार संघ नेपाल केन्द्रीय समितिको भाद्र २२ गतेको बैठकले बाँके शाखाको कार्यावाहक अध्यक्षकाको जिम्मेवारी शाहूलाई दिइएको छ ।

संघ केन्द्रीय समितिले सोमबार जारी गरेको प्रेस बिज्ञप्तिमा गर्दै संघका बाँके जिल्ला शाखा अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठीले आफनो व्यक्तिगत व्यस्तताको कारण देखाई केही दिन अघि अध्यक्ष पदबाट दिनुभएको राजीनामा मिति २०७८ भदौ २० गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले स्वीकृत गर्दै संघको विधान अनुसार जिल्ला शाखाका उपाध्यक्षलाई कार्यवाहक अध्यक्ष तोकी पुर्णता दिने अधिकार प्रदान गरेको थियो । उल्लेख छ ।

यस्तै संघको बाँके जिल्ला शाखाको २०७८ भाद्र २२ गते बसेको विशेष बैठक तथा छलफलले जिल्ला शाखा उपाध्यक्ष नन्दलाल शाहुलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गर्दै कार्यवाहक अध्यक्ष पदमा चयन गरेको जनाएको छ ।

बैठकले शाखामा अध्यक्ष त्रिपाठीले पुरयाउनुभएको योगदानलाई उच्च कदर गर्दै हार्दिक कृतज्ञता समेत ज्ञापन गरेको छ । अवधी भाषी पत्रकारहरुको छाता संगठनको रुपमा रहेको अवधी पत्रकार संघ नेपालले पत्रकारहरुको पेशागत सुरक्षा र क्षमता बिकासका लागि सक्रिय रुपमा काम गर्दै आएको छ । संघको काठमाण्डौ, नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ्ग, बाँके र बर्दिया जिल्लामा शाखा समेत रहेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *