इक्वेडरको जेलमा कैदी बन्दी र प्रतिद्वन्दी गिरोहबीच आपसमा झडप हुँदा एक सय जनाभन्दा बढीको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । इक्वेडरको इतिहासमै यो झडपलाई सबैभन्दा घातक द्वन्दका रुपमा हेरिएको छ ।
झडपमा पाँच जना कैदीहरुको टाउको काटिएको छ भने अन्यलाई गोली हानिएको समाचार छ । प्रहरी कमाण्डरका अनुसार कैदीहरुले पनि जेल भित्रबाट ग्रेनेड फ्याँकेको थिए ।
विश्वव्यापी लागू औषध गिरोहसँग सम्बन्धित कैदीहरु रहेको यस जेलमा दुई पक्ष बीच झडप भएपछि त्यहाँ रहेका ४ सय प्रहरीलाई नियन्त्रणमा लिन कठिन भएको थियो ।

