अब पार्टीभित्र फरक मत छैन : विष्णु पौडेल (भिडियो सहित )


नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले पार्टी भित्र फरक मत नरहेको बताउनु भएको छ । पार्टीका संगठन विभाग प्रमुख समेत रहनु भएका उपमहासचिव पौडेलले पार्टी विचार, संगठनसहित सबै हिसावले एकतावद्ध रहेको दावी समेत गर्नु भयो । उहाँले पार्टीको विधान महाधिवेशनमा पार्टी भित्र फरक मत कसैले पनि दर्ज नगरेको स्पष्ट पार्नु भयो ।

सोमबार हालै सम्पन्न पार्टीको विधान महाधिवेशनसँग केन्द्रित रहेर न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै उपमहासचिव पौडेलले पार्टीका अर्का उपमहासचिव घनश्याम भुसालप्रति संकेत गर्दै पार्टीको विधान महाधिवेशनमा औपचारिक रुपले कसैले फरक मत नराखेको प्रतिक्रिया दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *