एक युवकको शव भेटियो नेपालगन्जमा हत्याको आशंका


नेपालगन्जमा एक युवकको मृत भेटिएका छन्। शव नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ धम्बोझि स्थित गायत्री मन्दिर  नजिक प्लटिङ गरिएको जमिनमा भेटिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। 

उक्त शव बर्दिया राजापुर स्थायी निवासी अन्दाजी १९ वर्षिय रोहित थारुको रहेको बांके प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिए।

प्रहरीका अनुसार मृतक रोहित् नेपालगन्जको धम्बोझी स्थित् आफ्नो दिदीसंग बस्दै आएका थिए। सोमबार राती सुतिरहेको अवस्थामा रोहितलाई फोन गरेर बोलाइएको र मंगलबार बिहान ८ बजेतिर एक्कासी शव भेटिएकोले रोहितको हत्या भएको रोहितकी दिदि सिमाले बताइन।

यता प्रहरीले भने शवको प्रकृति हेर्दा प्रारम्भिक अनुसन्धानमा हत्या नभएको जनाएको छ। तर घटनामाथि अनुसन्धान भैइरहेको प्रहरीको भनाइ छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *