सञ्चार सेवालाई सस्तो र सबैको पहुँचमा पुर्‍यानुपर्छ: सरोकारवाल


काठमाडौं, असोज २० गते । दुरसञ्चार सेवालाई सस्तो र सबैको पहुँचमा पुर्‍याउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । बुधवार काठमाडौंमा आयोजित ‘दुरसञ्चार क्षेत्रलाई थप प्रतिस्पर्धात्मक बनाउन के गर्ने ?’ भन्ने विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सरोकारवालाले दुर सञ्चार सेवालाई सबैको पहुँच हुनेगरी सस्तो र सेवालाई चुस्त दुरुस्त बनाउनुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा बोल्दै उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले नेपालको दुरसञ्चार सेवा प्रभावकारी हुन नसकेको बताउनुभयो । टेलिफोन र इन्टरनेटमा बारम्बार समस्या परेकाले उपभोक्ता मारका परेको भन्दै उहाँले यसतर्फ सम्बन्धित निकाय गम्भिर हुनुपर्ने बताउनुभयो ।

बारम्बार सेवा अवरुद्ध हुँदापनि सम्बन्धित निकायले समस्या समाधानमा ध्यान नदिने गरेको गुनासो उहाँले गर्नुभयो ।बरिष्ठ पत्रकार हरिविनोद अधिकारीले इन्टरनेट सेवालाई बढीभन्दा बढी जनताको पहुँचमा पुर्‍याउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । गणस्तर सिध्याएर नाफा कमाउन नभइ सेवालाई सुलभ, सहज पहुँचमा पु¥याउनका लागि तथा सेवालाई गुणस्तरीय बनाउनका लागि प्रतिस्पर्धा गर्नुपर्ने उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *