नेपालगन्ज : बाँके प्रहरीले ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका १ का २२ वर्षीय प्रकाश बिक र सोही ठाउँका २६ वर्षीय समिर बिक रहेकोे प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनीहरू ३ ग्राम ब्राउन सुगर सहित नेपालगन्जको जमुनाह नाकाबाट पक्राउ परेका हुन् । चेकजाँचका क्रममा भारतबाट नेपाल आउँदै गर्दा जुत्तामा लुकाएर ल्याइएको ३ ग्राह ब्राउन सुगर उनीहरूको साथबाट प्रहरीले बरामद गरेको हो।
पक्राउ परेका दुबैजनालाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भइरहेको बताइएको छ।
