चितुवाको छालासहित कोहलपुरबाट ३ जना पक्राउ


नेपालगन्ज : वन्यजन्तुको छाला सहित कोहलपुर प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। वन्यजन्तुको छाला ओसारपसार भइरहेको भन्ने विशेष सुचनाको आधारमा कोहलपुरको एक गेस्ट हाउसबाट चितुवाको छाला १ थान सहित ३ जना पक्राउ परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा सुर्खेतको पंचपुरी नगरपालिका ७ का २४ वर्षीय रमेश बयक, सोही ठाउँका २८ वर्षीय रमेश विसी र बाँके राप्तिसोनारी गाउँपालिका ९ का ३५ वर्षीय हिरासिंह बिक रहेका छन् ।

उनीहरू तिनैजनालाई शुक्रबार राति कोहलपुरको सागर गेष्ट हाउसको कोठा नम्बर २०५ बाट प्रहरीले पक्राउ गरेको हो। चितुवाको छाला १ थान सहित १ किलो ४० ग्राम हाडहरु समेत उनीहरूको साथबाट प्रहरीले बरामद गरेको बताइएको छ।पक्राउ परेका तिनै जनालाई नियन्त्रण लिइ थप अनुसन्धान भइरहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *